जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर अन्तर्गत महिला विभाग जालन्धरको आयोजनामा १११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ ।
जमुना गाहाको संचालक तथा माया परियारको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा जुना बिक र कलाकारहरुले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य कुल बहादुर बगाले, क्षेत्रीय समितिका लक्ष्मण खड्का, शुष्मा खड्का, जितमान थापा, माधव खनाल, प्रेम शंकर खनाल, किरन पुन, मधुकर भण्डारी, लक्ष्मण केसी, सन्तोष बुढामगर, राजेन्द्र थापा, महिला विभागको तर्फबाट इन्दिरा कुँवर, कमला विक, रक्तिम विभागबाट सृजना बगाले, विद्यार्थी संघबाट लक्ष्मी परियार, जनजाति विभागबाट दिल बहादुर गाहा, समता विभागबाट अमित सुनारले मन्तव्य राख्नुभएको थियो ।
















