चुनाव प्रसार प्रसारका लागि दाङमा राजमो भेला

दाङ । राष्ट्रिय जनमोर्चा निर्वाचन क्षेत्र नम्बर ३ प्रदेस २ को भेला जिल्ला सदस्य तुल बहादुर योगिको अध्यक्षतामा सम्पन्न भएको छ ।
भेलामा जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युबक संघका पुर्ब केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, पुर्व जिल्ला अध्यक्ष शसिराम बुढाथोकी लगायतले मन्तब्य राख्नु भएको थियोे ।

भेलाले केन्द्रमा भएको सहमती अनुसार नेकपा कि उम्मेदवार बिमला ओलीलाई जिताउन प्रचारप्रसार गर्ने निर्णय गरेको राजमो जिल्ला अध्यक्ष गणेश आचार्यले हामीलाई जानकारी दिनुभयो ।

आचार्यका अनुसार भेलाले तुल बहादुर योगिको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन प्रचारप्रसार तथा परिचालन समिति गठन गरेको छ । सो समितिमा देब बहादुर बिक, यमप्रसाद भट्टराई, शसिराम बुढाथोकी, दयाराम गौतम, जिबराज आचार्य, प्रेम ओली, डिलाराम बुढाथोकी, टनी बिक, अम्बिका भण्डारी र यज्ञ बहादुर योगि सदस्य रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार