हिसारमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

खिमराज चालिसे,

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार अन्तर्गत महिला नगर विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न पारिएको छ ।

वर्तमान परिवेशमा महिलाहरु माथी हुने हिंसा, बलत्कार, शोषण दमनका विरूद्ध समाजवादी बिचारलाई आत्मसात गर्दै अगाडि बढेमा मात्र महिलाहरुको समानरुपमा हक अधिकार मिल्ने वक्ताहरुले बताउनु भएको छ ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार देविप्रसाद पौडेल, क्षेत्रीय समितिका सल्लाहकार तारा सोमारे, क्षेत्रीय सदस्य आत्मराम न्यौंपाने, महिला क्षेत्रीय विभागकि सदस्य डोल माया विक, पुर्व नगर अध्यक्ष तथा किसान महासंघका केन्द्रीय सदस्य रुक बहादुर पराजुली, समता विभागका नारायण बिक, जनजाति नगर विभागका केहरसिंह घर्ती मगर, रक्तिम विभागका योगेन्द्र दर्लामी, महिला विभागकी मिनु दर्लामी, सिटिएरियाका बाबुराम शर्मा, इन्ड्रस्ट्रीयल एरियाका लाल बहादुर चुदाली लगाएतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नगर स्थापना दिवसको कार्यक्रममा सहभागि कलाकारहरुलाई सम्मान गर्नुको साथै महिला दिवस कार्यक्रममा आज भएको कुर्सी दौडका विजेता प्रथम हुने निरु सारु, द्वितिय हुने दिपा लम्तरी र तृतीया हुने कुसुम सोनीलाई पुरस्कृत गरिएको थियो ।

निरु सारुको अध्यक्षतामा तथा दुर्गा शर्माको सञ्चालनमा सम्प कार्यक्रममा शान्ता पौडयाल तथा रक्तीम कलाकारहरुले उपस्थित जनसमुदायलाई स्वागत गर्नु भएको समाचार नगर सचिव तारा सोमारेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार