संगरुरमा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न

खिमराज चालिसे,
संगरुर । आधा धर्ती ओगटेका महिलाहरुको हक अधिकारको लागि संघर्षरत प्रवासी नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डामुनि संगरुरमा पनि १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम महिला विभाग संगरुरको आयोजनामा सम्पन्न पारिएको छ ।

कानुनमा कैयन ठाउँमा महिला अधिकारका कुरा गरिएता पनि व्यवहारमा लागु हुन नसकेको तर्क वक्ताहरुको थियो । कार्यक्रममा केन्द्रीय परिषद सदस्य वुद्धीराम आचार्य, नगर अध्यक्ष– खेमराज पोख्रेल, नगर उपाध्यक्ष– नारायण भुसाल, सचिव राजु खनाल, सहसचिव धन बहादुर विक, नगर सदस्य गुणानिधी आचार्य, महिला विभागकी लक्ष्मी विष्ट, सरिता भुसाल, गंगा अर्याल लगाएतले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम रामप्रसाद खनालको सञ्चालन र लक्ष्मी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार