धर्म पहरी,
बैंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण नगर समिति बैंगलोर अन्तर्गत महिला विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न पारिएको छ ।
परवर्ती विकको अध्यक्षता, कलावती विकको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय समितिका सहसचिव रामसिंह विक, सलाहकार सदस्य कारण दयाल, नगर समितिका सचिव नरेश विक, रक्तिम साँस्कृतिक अभियानका गणेश विकको आसन ग्रहण पछि उपस्थिति जनमानसलाई शब्दबाट मिना विक स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अथिति साथीहरुले ८ मार्चको बारेमा उपस्थित जनमानसलाई शब्दबाट स्पस्ट पार्नुभएको थियो ।
















