भोपाल १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

कृष्ण पचभैया,

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य र शानदार रुपमा सम्पन्न पारिएको छ ।

श्रीमती प्रेमा शर्मा अध्यक्ष्यता तथा श्रीमती सरिता पचभैयाको सञ्चालनमा शुरु गरिएको यस कार्यक्रममा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण पश्चात उपस्थित जन समुदायहरुलाई श्रीमती राधा शर्मा, श्रीमती निर्मला क्षेत्री, लक्ष्मी राना, मधुकला सोनीद्वारा स्वागत मन्तब्य दिनुभएको थियो ।

अतिथिगणमा केन्द्रीय समितिको तर्फबाट ताल बहादुर खड्का, नगर सिमिति अध्यक्ष्य किम बहादुर कार्की, नगर समिति कोषाध्यक्ष्य पिताम्बर पुलामी, मध्य भारत क्षेत्रीय समितिबाट श्रीमती लक्ष्मी रोका, नगर समिति सदस्य रमेश राना उपस्थितका साथै आ–आफ्नो मन्तब्य दिंदै महिला दिवस र यसको आवश्यकता तथा महिलाहरु माथि भै रहेको शोसन, दमनको उचित आलोचना गर्दै र त्यसको रोकथाम बारे आवस्यक कदम उठाउनु पर्ने जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार