तारापुर । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर महिला विभागद्धारा सञ्चालित महिला नगर विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न पारिएको छ ।
वर्तमान परिवेशमा महिलाहरु माथी हुने हिंसा, बलात्कार, शोषण दमनका विरूद्ध समाजवादी बिचारलाई आत्मसात गर्दै अगाडि बढेमा मात्र महिलाहरुको समानरुपमा हक अधिकार मिल्नेछ । महिलाहरुको राजनैतिक तथा शैक्षिक क्षेत्रमा पनि महिलाहरुको सक्रिय सहभागिता हुनुपर्ने धारणा सहित मन्तव्य राख्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय परिषद टंक कुवर रक्तिम बिभाग केन्द्रीय उपाध्यक्ष बोम सिंजापती मध्यपश्चिम क्षेत्रीय महिला बिभाग कि संयोजक रेणुका कुँवर तारापुर नगर अध्यक्ष खडक राई सोही नगरका उपाध्यक्ष लोकमणि पाण्डे ज्यु लगाएतले मन्तव्य राख्नुभएको थियो ।
कार्य तारापुर महिला बिभाग कि अध्यक्ष सुनिता पुनले कार्यक्रमको अध्यक्षता एक मिनेट मौनधारणबाट जनसमुदायलाई करिस्मा पुनले स्वागत भाषण र रक्तिम गितबाट स्वागत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन महिला बिभाग कि सचिव सुमित्रा नेवारले गर्नु भएको थियो । अध्यक्षतामा तथा दुर्गा शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा शान्ता पौडेल र रक्तीमका कलाकारहरुले उपस्थित जनसमुदायलाई स्वागत गर्नु भएको थियो ।
















