फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समिति अन्तर्गत रहेको महिला नगर विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस समारोह सम्पन्न पारिएको छ ।
सन्ता भुसालको सञ्चालन र नमकला विष्टको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई सरिता विसीले स्वागत गर्नुभएको थियो ।
महासचिव ठाकुर खनालले प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्नुभएको थियो । “८ मार्चलाई पूँजिपतिहरुले महिला मुक्तिको नाममा सौन्दर्य सामाग्री लगायत अन्य विषय वस्तुहरुको विक्रिको लागि महिलाहरुलाई उपयोग गरेका छन् । तर वास्तविक रुपमा ८ मार्च महिलाहरुको हक अधिकार र समान काम, समान व्यवहारको लागि गरिएको विद्रोहको संझना र सम्मानमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने परमपराको शुरुवात भएको हो ।” खनालले अगाडि भन्नु भयो– “८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको स्प्रीट लैंगिक समानता मात्रै नभएर वर्गिय मुक्तिसँग जोडिएको आन्दोलन हो । त्यसैले विभिन्न खाले अवसरवादका विरुद्ध संघर्ष गर्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन पर्ने आवश्यकता छ ।”
कार्यक्रममा केन्द्रीय सदस्य सूर्य बहादुर क्षेत्री, विद्यार्थी विभागबाट कमला थापा, प्रतिभा भुसाल, सिमा गिरी, महिला विभागबाट कल्पना सापकोटा, मायाँ विसी, नगर समितिबाट बाबुराम विष्ट, मानसिंह विष्ट, धर्म खनाल, विष्णु विसी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
















