महिलाहरु संगठित हुनुको विकल्प छैन : अध्यक्ष केसी

दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समिति अन्तर्गत रहेको महिला नगर विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस समारोह सम्पन्न पारिएको छ ।

मायाँ थापाको अध्यक्षता र राधिका बस्यालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई सुनिता धमलाले गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको प्रमुख आतित्थ्यता रहेको थियो । “महिलाहरु आफ्नो हक अधिकारका लागि संगठित हुनुको विकल्प छैन ।” केसीले अगाडि भन्नु भयो– “असंगठित महिलाहरुमा सामाजिक विकृतीहरु प्रशस्त पाइने गरेका छन् । संगठित चेतनाले नै ति विकृती तथा विसंगतिहरुलाई हटाउन सकिन्छ ।”

केन्द्रीय मुद्धा विभागकी अधिवक्ता नन्दा शर्मा (मिरा थापा) क्षेत्रीय समितिका सुनिल थापा, नगर समितिका अध्यक्ष राम प्रसाद धमाला, सदस्य प्रेम खनाल, शिवलाल थापा, सांस्कृतिक विभागका हरि ज्ञावली, महिला विभागकी कमला विसीले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।

सो अवसरमा महिला नगर विभाग पनि गठन गरिएको थियो । जसमाः अध्यक्ष– ज्ञानु भण्डारी, सचिव– रिता क्षेत्री, कोषाध्यक्ष– सुनिता धमला रहनुभएको छ । त्यस्तै सदस्यमाः मायाँ थापा, सुस्मिता शर्मा, सुनिता थापा, सुनिता पुन, मायाँ बस्याल, कमला विसी, प्रभा थापा, हिममायाँ राना र मिरा थापा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार