बेलबहादुर रजाली मगर
विकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग विकानेरको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सपन्न पारिएको छ ।
मनिषा भूलको सञ्चालन, कमला पाण्डेको अध्यक्षता ग्रहण तथा उशा विकको स्वागत मतव्य रहेको उक्त कार्यक्रममा मूल प्रवाह नगर अध्यक्ष लोक बहादुर पाण्डे, रामप्रसाद पोखरेल, बिष्णु केसी, बमबहादुर विष्ट, राजु विकले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उत्कृष्ट कलाकारहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
















