हैदरावादमा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाइयो

तिलक राना,

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति द्वारा सञ्चालित मध्य दक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस भव्य रुपमा मनाइएको छ ।

उक्त कार्यक्रममा माया थापाको अध्यक्षता क्षेत्रीय महिला विभाग सचिव पुष्पा पौडेलको सञ्चालनबाट अगाडि बढेको थियो । उपस्थित जनमानसलाई क्षेत्रीय महिला विभाग कोषाध्यक्ष गुमा राना र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य फुलबिना पौडेल, मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष राम प्रसाद पौडेल, क्षेत्रीय कोषाध्यक्ष तिलक राना, साँस्कृतिक विभागका झलक पुनले अतिथि आशन ग्रहण गर्नु भएको थियो ।

प्रमुख अतिथी फुलबिना पौडेलले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस बारे ८ मार्चको दिन महिलाहरुको लागि ऐतिहासिक दिन रहेको बताउनु भयो । “महिलाहरु अझै पनि पछाडि पर्नुको कारण राज्यसत्ता र बिद्यमान पूँजिवादी व्यवस्था नै हो ।” पौडेलले अगाडि भन्नु भयो– “यस प्रकारको ब्यवस्था परिवर्तन गर्न महिलाहरु सचेत र संगठित भई आफ्नो हक अधिकार प्राप्तिका लागि संघर्षरत हुनुपर्ने हुन्छ ।”

रामप्रसाद पौडेलले देशमा कुर्चिको लागि भाग दौड भैरहेको नेकपा कम्युनिस्टको नाममा कलंक भएको, महिलाहरुको अधिकार उल्लेखित गरेता पनि व्यवहारमा लागु हुन नसकेको महिला मुक्तिको निम्ति संघर्ष गर्नु पर्ने बताउनु भयो ।

मध्य नगर समितिका राजु दुलाल, बिकास परियार, कुमार थापा, प्रेम केसी, उत्तर नगर समितिका अध्यक्ष मोहनलाल शर्मा, लालबहादुर थापा, धनबहादुर थापा, सुर्यबहादुर थापा, क्षेत्रीय महिला विभागकि सम्झना दुलाल, हिरा पौडेल, सीता थापा इश्वरा पौडेल, उत्तर महिला विभाग कि कल्पना पौडेल, विजला शर्मा, दक्षिण महिला विभाग कि चन्द्रा परियारले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार