भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समिति अन्तर्गत महिला नगर विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सभा सम्पन्न पारिएको छ ।
उर्मिला कोपिलाको अध्यक्षता र कमला परियारको सञ्चालनबाट अगाडि बढेको सो सभामा भिवानी नगर समितिका संस्थापक सदस्य तथा केन्द्रीय परिषद सदस्य विर बहादुर कोपिला, क्षेत्रीय सचिब शालिकराम आचार्य, नगर समितिका उपाध्यक्ष मनिराम अधिकारी, समता विभागका गोर्वधन विकको आतित्थ्यता रहेको थियो । ज्ञात अज्ञात शहिदरुको संझनामा एक मिनेट मौनधारण पछि बसन्ता आचार्यले उपस्थित जनसमुदायलाई स्वागत गर्नुभएको थियो ।
सभामा महिला विभागकी सदस्य विमला जिसी, राधा विक, नारायणी अर्याल, अमृता विक, कल्पना रायमाझी, अमित्रा विक, नगर समितिका भिम बहादुर रायमाझी, भूप बहादुर थापा, रमेश जिसी, दिलबहादुर भट्टराई, नारायण परियार र प्यूठान स्वर्गद्धारी नपा २ का सदस्य मान बहादुर पुन लगायतले मन्तव्य दिनुभएको थियो ।

















