लैङ्गिक र यौनिक हिंसाको लागि साँस्कृतिक विभेद पनि जिम्मेवार छ : पौडेल

–जनक राज पौडेल

पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा १११औं, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भब्यरुपमा मनाइएको छ ।

महिला विभाग नगर संजोजक विष्णु शर्माको अध्यक्षता र जमुना शर्माको संचालनमा अगाडि बढेको सो कार्यक्रममा प्रमूख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव प्रेम पौडेल, केन्द्रीय सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य भगवति कुवँर, परिषद सदस्य चन्द्रकान्त शर्मा, नगर सचिव गोविन्द शर्मा, सदस्य भद्र बहादुर जिसी, श्रीकृष्ण खनाल, विनोद गायक, समता समाज विभागबाट प्रेम परियार, जनजाति विभागबाट शोम बहादुर चौधारी, अखिल भारत नेपाली विद्यार्थी संघ दक्षिण भारत क्षेत्रीय समितिबाट प्रिया कुँवर लगायतले आतित्थ्यता गर्नुभएको थियो ।

शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण, पछि विभाग कि सदस्य सञ्जु पौडेलले उपस्थित जनमानसलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अथिति पौडेलले महिलाहरु माथी हुँदै आएको शोषण दमन मुख्यतः सामान्ती चिन्तनको परिणाम बताउनु भयो । “महिलाहरु माथी लैङ्गिक र यौनिक हिंसा मात्र होईन सामाजिक साँस्कृतिक विभेद पनि मुख्य रहेको र हरेक क्षेत्रबाट महिलाहरु उत्पिडनमा परेका छन् ।” पौडेलले थप्नु भयो– “विभेदबाट मुक्त पाउन संगठित रुपमै आन्दोलनको आँधीवेरी ल्याउनु पर्ने आवश्यकता छ ।”

त्यस्तै अन्य अथितिहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवश बारे स्मरण गर्दै महिला मुक्ति आन्दोलन र आवाश्यकता बारे बर्तमान राज्य ब्यबस्था र पुँजीबादले महिलाहरुलाई बस्तुको रुपमा उपयोग गर्दै आएको बताउनु भयो ।

कार्यक्रममालाई महिला विभागबाट मायाँ खनाल, पार्वती आचार्य, सरस्वती गायक, रेखा गायक, गायत्री शर्मा, मुदलियर पेट एरिया समिति अध्यक्ष विनोद गायक सचिव रवि पौडेलले पनि सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार