हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको आयोजनामा भारत स्थित नेपालीहरुको साझा अभिभावक संगठन मूल प्रवाहको स्थापना दिवस अन्तर्गत सप्ताह व्यपाी कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ । समाजको आफनो स्थापनाको ४० आंै वर्ष प्रवेशसंगै विभिन्न नगरहरुमा साप्ताहिक रचानात्मक कार्यक्रम सहित स्थापना दिवस मनाउने कार्यक्रम अन्तर्गत नगर समितिले स्थानीय रक्तिम सांस्कृतिक कलाकारहरुको वेजोड सांस्कृतिक प्रस्तुती सहित सम्पन्न पारिएको हो । कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा दर्शकहरुले खचाखच भरिएको धर्मशाला हलभित्र कार्यक्रम सम्पन्न गरिएको छ ।
मूल प्रवाहलाई अझै शशक्त तथा वलियो स्तम्भको रुपमा उभ्याउने उदेश्यले आयोजित कार्यक्रमको सञ्चालन नगर सचिव तारा सोमारेले र अध्यक्षता नगर अध्यक्ष नन्दबहादुर लम्तरीले गर्नुभएको थियो । समारोहमा विभिन्न अतिथिहरूको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रति एकमिनट मौनधारण पश्चात रक्तिमका कलाकार तथा वावुराम शर्माले स्वागत गर्नुभएको थियो ।
![](http://nepaliekta.com/wp-content/uploads/2019/11/hisar.jpg)
![](http://nepaliekta.com/wp-content/uploads/2019/11/hisar.jpg)
त्यसपछि समाजका केन्द्रीय वैकल्पिक सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सचिव त्रिभुवन भटृराइले प्रमुख अतिथीको आशनबाट मन्तव्य दिनुभएको थियो । त्यस्तै केन्द्रीय सल्लाहकार देवीप्रसाद पौडेलले विशिष्ट अतिथिको आसन बाट मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य आत्माराम न्यौंपाने, पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य कमल रायमाझी, महिला क्षेत्रयी कोषाध्यक्ष सुनिता भटृराई, सदस्य सेती राना लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।