मेरी आमा

गणेश आचार्य

मन बहकिएको छ आमा
भित्रभित्र आशु बर्सी रहेको छ
मेरो बास खोसिदैछ आमा
साझ बिहानको गास रोकिदैछ

जहाँ रगत बग्यो पसिना बग्यो
त्यही ठाउले अनागरिक बनाउदैछ
जहाँ सानो तिनो जेहो जुर्यो
त्यही ठाउँले धपाउन खोज्दैछ आमा

किन किन मन बहकियको छ आमा
तिम्रै माया र सम्झनाले सताईरहेको छ
तिम्रो समिपमा आउ ओत लाग्ने बास छैन
रगत पसिना बगेको ठाउँमा बसौ आफ्नो लाग्दैन

त्यसैले यो मन रोहिरहेको छ आमा
तिम्रो मायाले सताइरहेको छ आमा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार