देशको राजनैतिक अवस्था अत्यन्तै तरल र अस्थिर : जिसी

नारायण जिसी,
बुटवल, चैत्र १८ गते । लुम्बिनी प्रदेशको सातौं अधिवेशन आजबाट सूरू भएको छ । अधिवेशनमा दलहरूको तर्फबाट शुभकामना दिने कार्यसुची अनुसार प्रारम्भमा बोल्दै राजमो प्रदेश सांसद तारा जिसीले सत्ताधारीमाथी कटाक्ष गर्नु भयो । संधै कसैका लागि पनि “दुर्गा दाहिना हुँदैनन् ।” जिसीले अगाडि भन्नु भयो– “अर्कोलाई भनेर खनेको खाडलमा आफै पनि पर्न सकिन्छ ।” जिसीले देश र जनतालाई त्यसतर्फ नलैजान ध्यानाकर्षण गराउनु भयो ।

आफ्नो भनाइको प्रारम्भमा सांसद जिसीले सातौं अधिवेशन सफलताको शुभकामना दिनुभयो । नेपाली जनताको ६५–७० बर्षको संघर्षले संविधान, राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी आदि वा संघीयता बाहेकका सबै उपलब्धिहरू धरापमा परेको वेला आन्दोलनको आधीबेहरी सिर्जना गर्ने सम्पूर्ण आन्दोलनकारीहरू, नागरिक समाज लगायत सर्वोच्च अदालतलाई समेत हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको तर्फबाट धन्यवाद दिन चाहन्छौ ।

“देशको राजनैतिक अवस्था अत्यन्तै तरल र अस्थिर रहेको हाम्रो पार्टीको विष्लेषण छ । सत्ता टिकाउन विभिन्न पक्षसित गर्न खोजिएको सौदाबाजीलाई कुनै पनि हालतमा सहि मान्न सकिन्न ।” जिसीले भन्नु भयो– “विभिन्न प्रकृतिका झुट्टा मुद्दा जुन आस्था र राजनैतिक पूर्वाग्रहका कारण लगाईएका छन् । खारेज हुनुपर्नेमा हाम्रो दुई मत छैन, तर फौजदारी जस्ता जघन्य अपराधलाई राजनैतिक रङ्ग दिई अपराधीलाई उन्मुक्तिको प्रयास न्यायप्रणाली माथिको भद्दा मजाक हो । संधै कसैका पनि “दुर्गा दाहिना” हुँदैनन् ।”

अर्कोलाई खनेको खाडलमा स्वयं पर्न सकिने जिसीको थप भनाई थियो । देश र जनतालाई त्यस तर्फ नलैजान समेत जिसीले चेतावनी दिनुभयो । जिसीले देशको अखण्डता र सार्वभौमसत्तामा खलल पुग्ने प्रकारका शर्तहरू अगाडि सारिएकोमा सम्बन्धित पक्षमाथि पनि आपत्ती प्रकट गर्नुभयो ।

अधिवेशनमा राजपाका सन्तोष कुमार पाण्डे, नेकाबाट बिरेन्द्र कुमार कनौडिया, माओवादी केन्द्रका तुलाराम घर्ती मगर र एमालेका भुमिश्वर ढकालले पनि शुभकामना सहित आ–आफ्नो भनाई राख्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार