तारा सोमरे
हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति अन्तर्गत डाबडा टोल समितिले दुर्घटनाबाट घाइते युवालाई आर्थिक सहयोग गरेको छ । मूल प्रवाहले घाइते टिका बगालेलाई नेरु १६ हजार ८० रुपैयाँ नगद सहयोग गरेको हो ।
पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वार्ड नं ६ पानीडाँडा निबासी तथा हाल भारतको हरियाणा राज्यको हिसारमा कार्यरत हुमबहादुर बगालेको छोरा २९ वर्षीय टीका बगाले स्कुटर दुर्घटनामा घाइते भएका थिए ।
होली खेलेर घरमा फर्कंदै गर्दा उनले चलाएको स्कुटर अनियन्त्रित भइ आफूसमेत अन्य २ जना घाइते भएका थिए । २ जनाको प्राथमिक उपचारपछि डिस्चार्ज गरिए पनि टीकालाई बढी चोट लागेको हुँदा चुरामणी अस्पताल हिसारमा भर्ना गरि उपचार भइरहेको छ ।
आर्थिक स्थिति कमजोर भएका बगालेको उपचारार्थ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार इन्ड्रस्ट्रीयल एरिया समितीद्वारा सञ्चालित डाबडा टोल समितिका अध्यक्ष रामु बलाल लगायतको सक्रियतामा रकम संकलन गरि हस्तान्तरण गरिएको हो ।
सो रकम नगर अध्यक्ष नन्दबहादुर लम्तरी, सचिव तारा सोमारे, सदस्य आत्मराम न्यौंपाने, इन्ड्रस्ट्रीयल एरिया अध्यक्ष लाल बहादुर चुदाली, सदस्य बिजय बलाल, नर बहादुर घर्तिमगर, लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा पीडितका भाइ खुमबहादुर बगालेलाई हस्तान्तरण गरिएको तारा सोमारेले जानकारी दिनुभएको छ ।
















