धर्मराज शर्मा,
कोट्टयाम, केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तरगत पर्ने चेट्टिकुलङ्गारा एरिया समितिको भेला सम्पन्न भएको छ ।
नगर समितिका अध्यक्ष धर्मराज शर्मा र क्षेत्रीय समितिका सदस्य तथा नगर समितिका पुर्ब अध्यक्ष भद्र बहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न भेलामा उपस्थित नेपाली दाजुभाई तथा दिदी बैनीहरु बीच व्यापक छलफल पछि बुद्विमान नेपालीको अध्यक्षतामा चेट्टिकुलङ्गारा एरिया समिति गठन गरिएको छ । जसमाः सचिव– गणेश परियार, कोषाध्यक्ष– सीता देबि शर्मा, सदस्यहरुमा क्रमशः कृष्ण शर्मा, याम बहादुर नेपाली, यमुना नेपाली, दल बहादुर नेपाली, कौशिला परियार, बैकल्पिक सदस्यमा राजु नेपाली र महेन्द्र नेपाली रहेका छन् । त्यस्तै गिता नेपालीलाई भेलाले सल्लाहकार चयन गरेको छ ।
धर्मराज शर्मा र भद्र बहादुर थापाले नव निर्बाचित समितिलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
















