भारतका विभिन्न स्थानमा मूल प्रवाहको संगठन विस्तार

रोहतक,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत हिसार रोड शास्त्री नगर कालोनीमा १५ सदस्यीय टोल समिति गठन गरिएको छ । नगर सदस्य धर्म सुनारको पहल तथा क्षेत्रीय सदस्य मोहनसिंह विक नगर सदस्य गणेश शर्मा, सुभाष गौतम र विक्की परियारको विशेष उपस्थितिमा शास्त्री नगर टोल समिति गठन गरिएको हो । जसमा अध्यक्ष– सुर्या गौतम, सचिव– दिपक सुनार, कोषाध्यक्ष– गणेश रसाईली, सदस्यहरुमाः मदन गौतम, लक्ष्मण रसाईली, अमर विक, गोपाल अईरी, सन्तोष सुनार, लक्ष्मी रसाईली, अमृता विक, सेर बहादुर सुनार, चन्दा देवी अईरी, धर्म सुनार र कविता मिजार रहनुभएको छ ।

पाण्डिचेरी ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत मध्य दक्षिण टाउनद्वारा संचालित ‘ए’ टोल समितिको दोस्रो भेला सम्पन्न भएको छ ।

भेलाले कमल सुवेदीको अध्यक्षतामा नौ जना सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष धनबहादुर मगर, सचिव बिनोद तामाङ, सहसचिव सायल मगर, कोषाध्यक्ष विशाल नेपाली तथा सदस्यहरुमा कृष्ण नेपाली, जीवन सुवेदी, सुमन सुवेदी र चन्द्रकान्त शर्मा रहनु भएको छ ।

विशाल नेपालीको अध्यक्षता तथा कमल सुवेदीको सञ्चालनमा भएको भेलामा सायल मगरले स्वागत गर्नु भएको थियो । भेला सफलताको शुभकामना दिनेमा चन्द्रकान्त शर्मा, विष्णु शर्मा, राजु पौडेल, सञ्जु पौडेल, जीवन सुवेदी, कृष्ण नेपाली, धनबहादुर मगर रहनु भएको थियो । नव निर्वाचित समितिलाई राजु पौडेलले बधाई दिनुभएको थियो ।

बैंगलोर ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण नगर बैंगलोर अन्तर्गत सुधाम नगर एरिया गठन गरिएको छ । नगर सचिव नरेश विक र बरिष्ट सदस्य दशरथ विकको पहलमा र राजु देवी विकको अध्यक्षतामा ११ पूर्ण २ वैकल्पिक २ सल्हाकार रहनुभएको छ ।

जसमाः उपाध्यक्ष– कृष्णा विष्ट, सचिव– चाँदनी विक, सहसचिव– जानकी चन्द, कोषाध्यक्ष– सुनिता विक, सदस्यहरुमाः रमिता जाग्रि, गंगा विक, नन्दा देवी विक, राधा चन्द, कलावती विक, धना देवी विक, वैकल्पिकमा संजन विक, लक्ष्मी हुडके, सल्हाकारमा पार्वती विक र अप्सरा औंजी रहनुभएको छ ।

नयाँ समितिलाई दशरथ विकले र नरेश विकले शुभकामना दिनुभएको थियो ।

जालन्धर,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिद्वारा सञ्चालित बस्ती बावाखेल एरिया समिति अन्तर्गत राज नगरमा टोल समिति गठन भएको छ ।

१४ मार्चको श्रमजीवी नेपालीहरूको बिचमा एउटा भेलाको आयोजना गरि भारत स्थित नेपालीहरूको अबस्था लगाएतका समसामयिक विषयहरूमा छलफल पश्चात टोल समिति गठन गरिएको हो ।

नगर सहसचिव तिलबहादुर थापा, एरिया अध्यक्ष यमबहादुर घर्ती, एरिया सदस्य हरीकला बगाले, निर्मला पाण्डे र राम बहादुर सिंजालीको संयुक्त पहल तथा मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेको विषेश उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

भेलाले ११ सदस्यीय राजनगर टोल समिति गठन गरेको छ। जसको अध्यक्ष नरेश कुमाल, उपाध्यक्ष दिपक राना, सचिव अर्जुन कुँवर, सहसचिव प्रकाश पाण्डे, कोषाध्यक्षमा बिमल पाण्डे चयन हुनुभएको छ । सदस्यहरूमा लालबहादुर, तारा कुँवर, गिता राना, तारा पाण्डे, कमलादेवी कुमाल, बेदप्रसाद परियार रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार