माधव खनाल,
प्युठान । अखिल नेपाल शिक्षक संघ मल्लरानी गाउँपालिकाको दोस्रो अधिवेशन भानुभक्त माध्यमिक विद्यालय धरम्पानी वर्वोटमा सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले कूलराज पौडेलको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल शिक्षक संघ मल्लरानी गाउँपालिकास्तरीय समिति गठन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्ष मनप्रसाद श्रेष्ठ, महिला उपाध्यक्ष मोती पौडेल, सचिव कृष्णबहादुर केसी, सहसचिव छमा श्रेष्ठ, कोषाध्यक्ष विष्णुप्रसाद पौडेल र सह–कोषाध्यक्ष अस्मिता बिसि रहनुभएको छ ।
सदस्यहरुमा इश्वरी राहुमगर, देवबहादुर केसी, ज्ञानबहादुर रिजाल, सन्दिप पौडेल, कमला कार्की, मन्त्रिप्रसाद श्रेष्ठ, यमबहादुर सेन, मेघराज पौडेल, बलबहादुर नेपाली, दीपक आचार्य, गोमा थापा, रामचन्द्र खत्री, बासुदेव शर्मा, ओमबहादुर पुन, कमल जिसी, मित्रमणी पौडेल, गीता विक र मिरा श्रेष्ठ रहनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले शिक्षामा आमूल परिवर्तन र गुणस्तरीय शिक्षा प्रदान गराउनुनै शिक्षकको मुख्य भूमिका रहने बताउनुभयो ।
अधिवेशनलाई अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य कृष्ण खड्का, मल्लरानी गाउँपालिकाका प्रमुख अम्मरध्वज राना, मल्लरानी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख वासुदेव पण्डित, वडा नम्बर ३ का अध्यक्ष गिरिराज पौडेल, अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष बालाराम पोख्रेल, अखिल नेपाल शिक्षक संघ प्युठानका उपाध्यक्ष कल्याण खड्का, नेपाल शिक्षक संघका ध्रुव गिरि लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम कुलराज पौडेलको अध्यक्षता, मोति पौडेलको स्वागत र कृष्ण केसीको सन्चालनमा सम्पन्न भएको थियो ।