जालन्धरमा राजनगर टोल समिति गठन

श्रृजना बगाले

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर अन्तर्गत बस्ती बावाखेल एरिया समितिद्वारा सञ्चालित राजनगरमा टोल समिति गठन गरिएको छ ।

४ अप्रेलका दिन श्रमजीवी नेपालीहरुको बिचमा एउटा भेलाको आयोजना गरि भारतस्थित नेपालीहरुको अबस्था लगाएतका समसामयिक विषयहरुमा छलफल पश्चात टोल समिति गठन गरिएको हो ।

नगर सहसचिव तिलबहादुर थापा र एरिया सदस्य यम बहादुर थापाको संयुक्त पहल तथा मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेको विषेश उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । भेलाले ११ सदस्यीय राजनगर वि टोल समिति गठन गरेको छ । जसमाः अध्यक्ष– दिपक उचै, उपाध्यक्ष– मती जानकी उचै, सचिव– करन उचै, सहसचिव– बिनोद परियार, कोषाध्यक्ष– गङ्गु बहादुर, सदस्यमा क्रमशः दान बहादुर सिङ्गजाली, मतीधनी उचै, मती संगीता सिङ्गजाली, मती कमला, लाल बहादुर उचै र सेतु सुनार रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार