रक्तचापबाट एक नेपाली श्रमिकको मृत्यू

धर्मराज शर्मा,
कोट्टयाम । स्वर्गद्वारी नगरपालीका ०७ ओरला निवासी स्वर्गिय पुर्वाहन घर्ती मगरका ४९ वर्षीय छोरा जित बहादुर घर्ती मगरको रक्तचाबको कारण उपचारको क्रममा कोट्टयाम मेडिकल कलेज होस्पिटलमा दुःखद निधन भएको थियो ।

निज घर्ती देशमा रोजिरोटिको समस्याले गर्दा भारतका विभिन्न प्रान्तहरुमा अस्थायी जागिर गरेर घर परिवारको दुईछाक टार्ने जोहोर गर्नेक्रममा दुई महिना पहिला केरला राज्यको ईडिक जिल्ला स्थित रहेको एक केएसबी केरला स्टेट ईलक्ट्रिसिटि बोर्डमा दुई मैनादेखि अस्थायी रुपमा चौकीदारीको भेकसिनमा जागिर लागेका थिए ।

अत्यन्तै सरल र मिलनसार स्वभावका घर्तिको घर परिवारमा श्रीमती रुखी देबि घर्तिमगर ३ छोरी १ छोरा रहेको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज कोच्चिन नगर समितिका अध्यक्ष भन्नुहुन्छ । अकल्पनीय मृत्युले अत्यन्तै मर्माहत तुलाएको दुःख प्रकट गर्दै मृत आत्माप्रति हार्दिक श्रद्वाञ्जली तथा शोकसम्तप्त परिवार पर्ति सम्बेदना प्रकट गर्नुभयको थियो ।

पोस्टमोर्टम र प्रशासनिक कामहरु सकिय पछि ईड्कि जिल्ला स्थित एक सम्सानघाटमा घर्तिको दाहासँस्कारसम्पन्न भयको थियो । भरत बिएम, शिवलाल घर्ती मगर, जोख बहादुर घर्ती मगर, दुर्जन बिएम, गिता राम जिएम, रेख बहादुर जिएम, मेघ बहादुर जिएम, घन बहादुर जिएम, मेन कुमार जिएम, श्यामलाल राहु चिन्ता जिएम (बि), भरत बिएम, बम बहादुर जिएम, तुक मान जिएम, लगायत धेरै साथीहरूको रोहरमा आज पाँच अप्रिलका दिन अन्तिम समादि तथा उपस्थित सबैले श्रद्वाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार