राजमो सम्मेलनमा दलहरुले भने : राजमोको अडान स्वागतयोग्य

बुटवल । विभिन्न राजनीतिक दलहरुले राष्ट्रिय जनमोर्चाले लिएका अडानप्रति स्वागत गरेका छन् । बुटवलमा जारी राजमोको चौथो राष्ट्रिय सम्मेलनलाई शुभकामना दिँदै नेपाली कांग्रेस, नेकपा (एमाले) माओवादी केन्द्र र जनता समाजवादी दलका नेताहरुले राजमोको अडानप्रति प्रशंसा गरेका हुन् ।

कार्यक्रममा शुभकामना दिँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य हरि नेपालले राष्ट्रिय जनमोर्चाले लिएको राष्ट्रियताप्रतिको अडान स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस र राजमोको राष्ट्रियताको अडान मिल्दो रहेको भन्दै देशको राष्ट्रियता जोगाउन मिलेर संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यस्तै, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले ओलीले चालेका फासीवादी कदमविरुद्ध राजमोले लिएको अडानको सराहना गर्नुभयो ।

कार्यक्रममा नेकपा (माले) का पिविएम चन्द्रकान्त आचार्य र जनता समाजवादी दलका केन्द्रीय सदस्य कमल खनालले बर्तमान सरकारले आफ्नै कारण काम गर्न नसकेको र त्यसको अपजस पार्टीभित्रका इतर खेमा तथा विपक्षी दलहरुलाई लगाउन खोजेको भन्दै राष्ट्रिय जनमोर्चाले सरकारको कार्यशैलीप्रति स्पष्ट र दह्रो अडान राखेको बताउनुभयो ।

नेताहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि राजमोसँगै मिलेर काम गर्न आफुहरु इच्छुक रहेको बताउनुभएको थियो । तीन दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको मंगलबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको हो ।

कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा राजमोका उपाध्यक्ष एवं सांसद दुर्गा पौडेल, प्रदेश सांसदहरु कृष्ण थापा, खिमविक्रम शाही, तारा जिसी, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल, अन्टुकका कार्यबहाक अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका, रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष रेम राना, अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानुभाइ कार्की, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनाल, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन लगायतले शुभकामना दिनुभएको थियो ।

यसैगरी, शुभकामना दिनेहरुमा अन्तर्राष्ट्रिय नेपाली एकता सामाजका अध्यक्ष दुर्गाबहादुर केसी, तराई मधेश जनवादी मोर्चाका अध्यक्ष हनुमान चौधरी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष ढुण्डीराज पौडेल, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य लिलाबहादुर केसी, जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य विष्णु केसी, हङकङ नेपाली एकता समाजका केन्द्रीय सदस्य बालानन्द घिमिरे, साउदी अरब नेपाली एकता समाजका हरिप्रसाद घिमिरे, प्रगतिशील पत्रकार संघका सचिव श्यामलाल पोखरेल, अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका संयोजक पृथ्वी थापा, र कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य हुनुहन्थ्यो ।

कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कोषाध्यक्ष हिमलाल पुरीको सञ्चालन र महासचिव जनकराज शर्माको स्वागतमा कार्यक्रम भएको थियो । तीन दिनसम्म चल्ने सम्मेलनले नया“ नेतृत्व चयन गर्ने छ । सम्मेलनमा ७१ जिल्लाबाट ३ सय बढीको प्रतिनिधिन्व रहेको राजमोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार