तर्कबहादुर केसीको चेन्नईको तिरुवाइलमा दाहसंस्कार

चेन्नई । बाग्लुङ, जैमिनी नगरपालिका ८ छिस्ती रिठावट निवासी तर्क बहादुर केसीको चेन्नईको आन्नानुरमा हृदयघातका कारण दुःखद निधन भएको छ । लामोसमयसम्म रेलवेको अफिसमा कार्यरत रही अवकास लिनु भएका ७३ वर्षीय केसीको ६ अप्रेल २०२१ का दिन निधन भएको वहा“को पारिवारिक श्रोतले जानएको छ ।

वहाँको आज ७ अप्रेलका दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय समितिका सदस्य मदन शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य काशीराम शर्मा, चेन्नई पश्चिम नगर समितिका सदस्य पदम प्रसाद पौडेल, गिण्डी एरिया समितिका सदस्य विकास शर्मा, नेपाली जनसम्पर्क समिति चेन्नईका केशब शर्मा, दुर्गा बहादुर कार्की, छोरा छोरी श्रीमती आफन्तजन लगायतको उपस्थितिमा दाहासंस्कार गरिएको छ ।

दाहासंस्कार पूर्व वहा“को संझनामा एक मिनेट मौनधारण गरिएको थियो । तिरुनावाईल संशानघाटमा अन्तिम संस्कार गरिएको काशिराम शर्माले हामीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार