गजल

सुरेश कुमार पाण्डे

सरकार आफै सरण मा परेर गए के लाग्छ,
असमान संधी सम्झौता गरेर गए के लाग्छ ।

देश यो देशका जनताकै हो जो लडेकैछन
ईतिहासमै धेरै सपुतहरु मरेर गए के लाग्छ ।

गद्धारहरुको ईतिहास कति तितो हुँन्छ छी,
त्यस्तै दलालहरु समेत सरेर गए के लाग्छ ।

उर्लिएको जन सागरलाई को रोक्न सक्छर,
नव लैण्डुवहरु ओरालो झरेर गए के लाग्छ ।

देशमा असली संतान मारेर नक्कलि भर्दैछ,
डलरमै गद्धारले बैतर्णी तरेर गए के लाग्छ ।

देश हरीकंगाल पार्ने यिनै नकाप धारी हुँन,
सदियौँ ऐयासी गर्ने धन भरेर गए के लाग्छ ।

उठ जाग जुट आफ्नो बालि–नाली जोगौँन,
निन्द्रामै बिदेशको साँडे चरेर गए के लाग्छ ।
१८/११/२०१९,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार