डडेल्धुरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) डडेल्धुराको अध्यक्षमा कर्म जोशी चयन हुनुभएको छ । शनिबार डडेल्धुरा सदरमुकाममा भएको नवौं जिल्ला सम्मलनले जोशीको अध्यक्षतामा नौ पूर्ण र दुई वैकल्पिक गरी ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा जनक तिमिल्सेना, सचिव पवन विष्ट, सहसचिव हिमाल बोहरा र कोषाध्यक्षमा प्रिया ताम्राकार चयन हुनुभएको छ । सदस्यहरुमा माया अवस्थी, चिरञ्जीवी तिमिल्सेना, गणेश ऐर तथा वैकल्पिक सदस्यमा खगेन्द्र बुढाऐर र निशा ताम्राकार चयन हुनुभएको छ । सदस्यको एक पद हाललाई रिक्त राखिएको छ ।
कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्ट, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर जाग्री, अखिल (छैठौं) का पूर्वकेन्द्रीय सदस्य दिलबहादुर ऐर, पूर्वजिल्ला अध्यक्ष तारा धिक्त लगायत नेताहरुले सम्मेलन सफताको शुभकामना दिनुभएको थियो ।
अध्यक्ष टंक अवस्थीको अध्यक्षता, सचिव कर्म जोशीको सञ्चालन तथा सहसचिव जनक तिमिल्सेनाको स्वागत मन्तव्यमा सञ्चालन भएको सम्मेलन उद्घाटन समारोहमा रक्तिम सांस्कृतिक अभियानका कलाकार सन्तोष जोशीले स्वागत गीत गाउनुभएको थियो ।
सम्मेलनपछि बसेको बैठकले आगामी जेठमा हुने संगठनको राष्ट्रिय सम्मेलन तयारीलगायतका विषयमा छलफल गरेको निबर्तमान अध्यक्ष टंक अवस्थीले जानकारी दिनुभयो ।