जातीय समता समाज कपिलवस्तुको तेस्रो जिल्ला भेला सम्पन्न

नवराज पौडेल,
कपिलवस्तु, मङ्सिर ०३ ।
जातीय समता समाज कपिलवस्तु जिल्लाको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । सो भेला, जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिलबहादुर विकको प्रमुख आतिथ्यता र झकबहादुर विकको अध्यक्षतामा सम्पन्न भएको हो ।

‘नेपालको संविधानमा छुवाछुत अन्त्य गरिएको उल्लेख गरिएता पनि समाजमा छुवाछुत प्रथा यथावत छ’ भेलालाई, सम्बोधन गर्दै नेता विकले भन्नु भयो– ‘मुठ्ठी भर पहु“च भएका दलितहरुले मात्र राज्यको सुविधा पाएका छन् ।’ वर्गीय मुक्ति बिना जातीय मुक्ति सम्भव नभएको विकले बताउनु भयो ।

भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केरसिंह अदै, राष्ट्रिय जनमोर्चा शिवराज नगरका अध्यक्ष केरसिंह पुनले शुभकामना मन्तव्य दिनुभएको थियो ।

भेलाले, वाला राम सुनारको अध्यक्षतामा १३ सदस्यीय जातीय समता समाज कपिलवस्तु पुनर्गठन समेत गरेको छ । जस अनुसार उपाध्यक्षमा मानबहादुर नेपाली, सचिवमा प्रकाश विक, कोषाध्यक्षमा झक बहादुर विक रहनुभएको छ । त्यस्तै सदस्यहरुमा बिना विश्वकर्मा, गोविन्द परिवार, सुर्य बहादुर सुनार, वैकल्पिक सदस्यमा मदन विक र गोपाल विक रहेका छन् । त्यस्तै भेलाले मइत बहादुर सुनार, रामप्रसाद कामी, विष्णु नेपाली र सवजित विकलाई सल्लाकार चयन गरेको छ ।

नयाँ गठित समितिलाई, रा.ज.मो. जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, समाज सेवी, छन्दबहादुर केसीले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो । भेला पछि सम्पन्न बैठकले, सबै कपिलवस्तु अन्तर्गतका सम्पूर्ण नगरहरुमा समताको नगर समिति बनाउने, सदस्यता बितरण गर्ने जिम्मेवारी बाँडफाँड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार