केन्द्रीय कोषाध्यक्ष रुक बहादुर केसीप्रति भावपूर्ण श्रद्धान्जली

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष रुक बहादुर केसीको दुःखद निधन भएको छ । नेता केसीको निधनप्रति दुःख प्रकट गर्दै केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले शोक वक्तव्य जारी गर्नुभएको छ ।

अध्यक्ष केसीले लेख्नुभएको छ–

“हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष रुक बहादुर केसीको दुःखद निधन भएको छ । वहाँ हाल उत्तर प्रदेशस्थित बलरामपुरमा परिवार सहित रहँदै आउनु भएको थियो । वहाँ उत्तर प्रदेशस्थित सिद्धार्थ नगरअवस्थित इण्डियन बैंकमा कार्यरत हुनुहुन्थ्यो । सन १९८९ तिर चेन्नईदेखि एकता समाजमा संगठित हुनुभएको थियो । जागिरको क्रममा दिल्ली र दिल्लीबाट युपी पुग्नुभएको थियो । तात्कालिन अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको केन्द्रीय कोषाध्यक्ष समेत रहनुभएका केसी छैठौं अखिल भारत सम्मेलनमा युवक मोर्चा लगायत अन्य मोर्चाहरु मूल प्रवाहमा समाहित भएपछि केन्द्रीय सदस्यको रुपमा र हाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कोषाध्यक्ष हुनुहुन्थ्यो । मिलनसार, प्रष्ट वक्ता, जुझारू र कर्मठ तथा संगठनप्रति अत्यन्तै इमान्दार हुनुहुन्थ्यो ।

केही दिनदेखि अस्वस्थ्य भई घरमै स्वास्थ्यलाभ लिइरहनु भएको थियो । वहाँको स्वास्थ्य स्थिति अचानक विग्रिएको कारणले २० अप्रेल २०२१ का दिन दिउँसो ४ बजे स्थानीय ‘संयुक्त जिल्ला चिकिल्सालय बलरामपुर’ मा भर्ना हुनुभएको थियो । वहाँको राती करिब ८ः३० बजे दुःखद निधनभएको छ । रुक बहादुर केसीको दुःखद निधनले हाम्रो संगठनलाई अपूरणीय क्षति पुगेको छ । वहाँको निधनप्रति भावपूर्ण हार्दिक श्रद्धान्जली साथै शोकाकुल परिवारजन एवं शोकाकुल संगठनका सदस्यहरुप्रति समवेदना प्रकट गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार