काठमाडौं । क. रुकबहादुर केसीप्रति नेपाल कम्यूनिष्ट पार्टी (मसाल)ले श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले पार्टीको तर्फदेखि एक प्रेस वक्तव्य जारी गरि सो श्रद्धाञ्जली प्रकट गर्नुभएको हो ।
क. केसीको निधनले पार्टीको सङ्गठन तथा नेपालको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति भएको सिंहले वक्तव्यमा भन्नु भएको छ । वक्तव्यमा लेखिएको छ :
“कामरेड रूकबहादुर के.सी.(क.शितल) को २०७८ बैशाख ०७ गते भारतको उत्तरप्रदेश बलरामपुर शहरमा ५६ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति हाम्रो पार्टीले गम्भीर दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ ।
का. के.सी. २७ वर्षदेखि नेपाल कम्युनिस्ट पार्टी (मसाल) को सदस्य रहँदै आउनुभएको थियो । हाल उहाँ नेपाल कम्युनिस्ट पार्टी (मसाल) भारत शाखा सदस्य र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कोषाध्यक्ष हुनुहुुन्थ्यो । उहाँ अनुशासित, सिद्धान्तनिष्ठ तथा जुझारू पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको सङ्गठन तथा नेपालको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति भएको छ ।
अन्तमा क. रूकबहादुर के.सी.प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”