काठमाडौँ । नेकपा (मसाल) ले विद्यमान संसदप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक दृष्टिकोण भएको बताएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद (प्रतिनिधि सभा) को सातौँ अधिवेशनलाई हठात् अन्त गरेपछि त्यससम्बन्धी पार्टीको यस्तो धारणा सार्वजनिक भएको हो । पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७८ वैशाख ७ गते जारी प्रेसवक्तव्यमा पार्टीको यस्तो धारणा अभिव्यक्त भएको छ ।
प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने यस्तो कदमलाई गैरजिम्मेवार तथा अधिनायकवादी कार्यशैलीको परिणाम बताइएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी हिउँदे अधिवेशनलाई यही २०७८ वैशाख ६ गते हठात् रूपमा अन्त गरेको कार्यको नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले घोर विरोध तथा भत्र्सना गर्दछ ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अधिनायकवादी तथा असंवैधानिक ढङ्गबाट ओली सरकारले गरेको संसद विघटनका विरुद्ध देशव्यापी रूपमा सङ्घर्ष गरेको थियो । संसदको पुनस्र्थापना भए पनि ओली पुनस्र्थापित संंसदका समेत विरुद्ध रहँंदै आएका छन् ।
पुनस्र्थापित संंसदलाई निष्प्रभावी बनाउने उद्देश्यले सरकारले संसद अधिवेशन सुरु भएदेखि नै संसदलाई कुनै बिजनेस (काम) नै नदिई पङ्गु बनाउने र संसदले उठाएका विषयमा कुनै सुनवाइ नै नगरी अधिनायकवादी शैली अपनाएका थिए र छन् । त्यही नीतिको परिणाम संसद भङ्ग गर्ने सर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै सर्त मान्ने स्तरसम्म झरेका छन् ।
विद्यमान संसदप्रति ओलीको नकारात्मक दृष्टिकोणको परिणाम नै संसद अधिवेशनको अवधिभरि संसदमा उठेका विषयहरूको जवाफ नै नदिई संसद अधिवेशन अन्त गरेका छन् । ओलीको यो कार्य गैरजिम्मेवार मात्र होइन उनमा देखिएको अधिनायकवादी कार्यशैलीको परिणाम हो । उनको यो अधिनायकवादी तथा निरङ्कुश कदमको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ ।’