दक्षिण भारत क्षेत्रीय समितिको कार्यवाहक अध्यक्षमा चन्द्रबहादुर थापा

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको ११ औं बैठक १८ अप्रेल २०२१ का दिन सम्पन्न भएको छ । बैठकले समितिको कार्यवाहक अध्यक्षमा चन्द्र बहादुर थापालाई सर्वसम्मत चयन गरेको छ ।

समितिका सचिव जनक पौडेलद्वारा हस्ताक्षरित जारि विज्ञप्तमा क्षेत्रीय समिति अन्तर्गत कैयौं सदस्यहरु एवं कैयौं नेपाली श्रमजिवीहरुलाई कोरोना संक्रमण भएको हुँदा वहाँहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

कोरोना महामारीबाट बच्नको लागि विश्व स्वास्थ्य संगठन तथा सरकारद्वारा जारि गरिएका मार्गदर्शक सावधानीहरु अपनाउन अनुरोध गरिएको छ । साथै नेपालीहरुमाथि आईपर्ने समस्यामा सहयोग गर्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गतका सम्पूर्ण सदस्य एवं समितिहरु लगायत अन्य संघ संस्थाहरुलाई पनि अपिल गरिन्छ ।

बैठकद्वारा संठनात्मक विषयमा कतिपय निर्णयहरु गरिएको उल्लेख छ । पूर्णसदस्य लक्ष्मी पन्थी र बाबुराम नेपाली स्थायी रुपमा स्वदेश जानुभएको हुँदा संगठनमा वहाँहरुले आजसम्म पुर्याउनु भएको योगदानप्रति धन्यवाद दिंदै विदाई गरिएको छ । साथै सांगठनिक अनुशासन उल्लंघन गरेको कारणले उमानन्द आचार्य, हेमराज रिजाल, ज्योतिनारायण सुवेदी र वैकल्पिक सदस्य सूर्य बहादुर थापालाई क्षेत्रीय समिति तथा सबै तहका समिति एवं विभागीय जिम्मेदारीबाट मुक्त गरिएको छ ।

त्यस्तै क्षेत्रीय समितिका मातहत रहेका महिला, रक्तिम, समता, जनजाति, खेलकुद लगायतका विभागहरुको बैठकद्वारा पुनर्गठन गरिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ :

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2021/04/Press-Chennai-20-Apr-2021.pdf” title=”Press Chennai 20 Apr 2021″]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार