चन्द्रप्रसाद पौडेल,
कोयम्बतुर । लामो समयसम्म संगठनको बिभिन्न स्तरमा काम गर्दै आउनुभएका पूर्वकोषाध्यक्ष तथा बर्तमान सल्लाहकार सदस्य लक्ष्मीप्रसाद शर्मा र उहाँकी श्रीमती खैसरादेबी शर्मालाई सम्मान सहित स्वदेश बिदाइ कार्यक्रम सम्पन्न भयो ।
चन्द्रप्रसाद पौडेलको सञ्चालन र नरेन्द्रकुमार नेपालीको अध्यक्षतामा अगाडि बढेको कार्यक्रम्मा लक्ष्मीप्रसाद शर्मा र श्रीमती खैसरा देबि शर्माको आशन ग्रहण पछि उपस्तिथि जनसमुदायहरुलाई नगर बै.सदस्य प्रेमबहादुर हमालले स्वागत गर्नुभएको थियो ।
नगर अध्यक्ष नरेन्द्र कुमार नेपालीले र सचिब चन्द्रप्रसाद पौडेलले माला लगाएर र दोशल्ला ओढाएर सम्मानगर्नुभएको थियो ।
केन्द्रिय परिशद सदस्य रबिशंकर शर्मा, नगर समिति सहसचिब रामबहादुर सेन, टाउन हल एरिया सदस्य लिलाबल्लब शर्मा लगायलतले विदाई मन्तव्य दिनुभएको थियो ।
लक्ष्मीप्रसाद शर्माले आफुले संगठनमा गरेको काम स्वदेशमा गएर रा.ज.मो. तथा ने.क.पा. (मसाल) मा आवद्ध हुँदै आफ्नो काम निरन्तरता दिने प्रतिबद्धता राख्नुभयो ।

















