मूल प्रवाहले भेटायो मृत गंगाप्रसादको परिवार

लावारिस पञ्चनामा गंगाप्रसाद गौतमको शव छोराको उपस्थितिमा दाहसंस्कार गरियो

इल्लाहवाद । लावारिस अवस्थामा मृत फेलापरेका गंगाप्रसाद गौतमको परिजन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भेट्टाउन सफल भएको छ । परिजन फेलापरे पछि एकता समाजको पहलमा मृतकका छोरा दिपकप्रसाद गौतम र साला उत्तम तिमलसिनालाई इलाहाबाद उपस्थित गराई शवको सिनाखत समेत गराए । उनीहरुको उपस्थितिमा पछि १९ नोभेम्बर २०१९ का दिन पोष्टमार्टम पश्चात दाहसंस्कार समेत गरिएको इल्लाहवाद नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञावलीले हामीलाई जानकारी दिनुभयो ।

१४ नोभेम्बर २०१९ का दिन नेपाल घर सिंधुली न.पा. दुधौली ४ घर भएका गंगा प्रसाद गौतमको इलाहाबाद स्थित प्रयागराजमा मृत्यु भएको समाचार हामीले १७ नोभेम्बरका दिन सम्प्रेषण गरेका थियौं । त्यसका साथै १८ नोभेम्बरसम्म कुनै आफन्त परिजनको सम्पर्क नभएमा प्रशासनले लावारिस लाशको रुपमा दाहसंस्कार गर्ने समेत समाचार हामीले प्रकाशित गरका थियौं ।

इल्लाहवाद शहरको गढी सराय शब्जीमण्डीस्थित होटल ईशाका साहुजीका अनुसार– काम गर्ने क्रममा गंगा प्रसाद गौतम १४ नोभेम्बर २०१९ का दिन अचानक बिमार परेपछि मोतीलाल नेहरू जिल्ला चिकित्सालयमा भर्ती गराइएको थियो । ‘चिकित्सालयमा भर्ति गराएको केहि समय पछि मृत्यु भयो’ होटल साहुले भने– ‘गंगाको मृत्यको सुचना शाहगंज थानाका पुलिसलाई दिएँ, त्यस पछि पुलिसले लावारिसमा पञ्चनामा गरेर चीरघरमा पठायो ।’ प्रशासनले मृतक गंगाप्रसाद गौतमको सनाखत गर्दा नेपाली नागरिकता फेलापरे पछि मात्रै नेपालीहरु र नेपाली संघ संस्था खोज्ने क्रममा गरेको उनै होटल वालाले बताए ।

स्थानीय प्रशासनका एकजना प्रहरी कास्टेवलका अनुसार एकजना पत्रकारको माध्यमबाट इल्लाहवादमा नेपालीहरुको संस्था एकता समाज रहेको १७ नोभेम्बर २०१९ का दिन मात्रै थाहा लागेको र नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवालीसँग सम्पर्क भएको थियो ।

उक्त घटनाको जानकारी एकता समाजमा प्राप्त हुनासाथ नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञावली र क्षेत्रीय अध्यक्ष रामप्रसाद बस्यालको पहलमा शवलाई लावारिस बनाउन रोक लगाई परिजनको खोजिकार्य शुरु गरिएको थियो । खोजी गर्ने दौरानमा सिन्धुली जिल्ला प्रशासन कार्यालयमा फोन सम्पर्क पश्चात परिवारलाई सम्पर्क गर्न एकता समाज सफल भएको लक्ष्मी प्रसादले बताए ।

अंतिम संस्कारमा क्षेत्रीय अध्यक्ष राम प्रसाद बस्याल, सदस्य खिमानन्द न्यौंपाने, सदस्य गोमा थापा र नगर समिति कार्यकर्ताहरु एवं महिला विभागका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

http://nepaliekta.com/%E0%A4%B6%E0%A4%B5-%E0%A4%85%E0%A4%B2%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%A6%E0%A4%BE%E0%A4%B9%E0%A4%B8%E0%A4%82%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A4%BE-%E0%A4%B2/

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार