उपत्यकामा एक हप्ता खाद्यान्न पसलसमेत बन्द गरिने

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप कडा हुने भएको छ । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा कडाइ गर्दै एक साता लम्ब्याउने निर्णय भएको छ।

सीडीओहरुको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार थपिएको निषधाज्ञाका क्रममा सार्वजनिक र नीजि निर्माण पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ। हिँडडुल, बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ गरिएको छ भने खाद्य पसल पनि बन्द गर्ने निर्णय भएको छ ।

खाद्यान्न र किराना पसलसमेत बन्द गर्ने निर्णय भएको छ। तरकारी, फलफूल, दुध, मासु पसल यसअघिकै समयमा सञ्चालन हुन पाउने छन् ।

मानिसको आवतजावत ठप्प पार्ने, मास्क नलगाइ हिड्नेलाई अनिवार्य रुपमा जरीवाना गर्ने, विवाह ब्रतबन्ध बढीमा ७ जनाको मात्रै उपस्थितिमा गर्न पाइने भएको छ ।

यस्तै थपिएको निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थामाथि पनि थप कडाइ गर्ने निर्णय भएको छ। वाणिज्य बैंक उपत्यकामा तीन वटा र बिकास बैंकका दुई वटा मात्रै शाखा सञ्चालन गर्न दिने निर्णय भएको छ।

अहिले जारी निषेधाज्ञाको अवधि यही जेठ १३ गते सकिँदैछ । त्यसपछि एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार