प्रतिनिधिसभा विघटन असंवैधानिक : नेपाल बार एशोसिएशन

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति तोक्ने निर्णय असंवैधानिक रुपमा भएको भन्दै फिर्ता लिन माग गरेको छ । ​एशोसिएशनले विज्ञप्ति जारी गर्दै संविधानले निर्देशित गरेको प्रक्रिया अवलम्बन गरी संवैधानिक संकटको समाधान तथा निकास खोज्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी संविधान विपरीत प्रतिनिधिसभा विघटन तथा निर्वाचनको मिति तोक्ने निर्णय भएको प्रस्ट पारेको हो । संविधानको पालन र संरक्षण गर्ने कर्तव्य बोकेको राष्ट्रपतिबाट समेत प्रतिनिधिसभा विघटन गरी महामारीको विषम परिस्थितिका बीचमा पनि निर्वाचनको मिति घोषणा गरिएको भन्दै एशोसिएशनले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार