श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिका कलाकार मधु बिकको कोबिड सक्रमणबाट ग्रसित भई जयुपरमा निधन भएको छ ।
वहाँको कोबिड सक्रमण भई झुंझुन हस्पिटलमा उपचार भई रहेको थियो । हिंजो २८ मई २०२१ का दिन झुंझुनको अस्पतालले जयपुर रेफर गरेको थियो । मधु विकको आज ३० मई २०२१ का दिन जयपुर अस्पतालले मृत्युभएको घोषणा गरेको छ । १२ घण्टा पहिला मात्रै उनको श्रीमति सावित्रा विकको पनि कोरोना संक्रमणबाट निधन भएको थियो ।
उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति अन्तर्गत लामो समयसम्म रक्तिम विभाग र समता विभागमा रहेर संगठनमा काम गर्नुभएको थियो । मधु विकप्रति भाबपुर्ण श्रद्धांजली एवं शोकसन्तप्त परिवारजनमा गहिरो सम्बेदना ।
















