पोखरा । गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेतामा पियारी थापालाई चयन गरेको छ । गण्डकी प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावका बारेमा पार्टीले गरेको निर्णय विपरित लागेसँगै पार्टीले सांसद कृष्ण थापालाई दलको नेताबाट हटाए पछि सो पद खाली थियो ।
प्रदेश सभा सचिव हरिराज पोखरेलले पियारीलाई दलको नेता तोकिएको सूचना समेत जारी गरेका छन् । उनले दलको केन्द्रीय निकायको निर्देशनानुसार दलका नेता चयनका लागि परिपत्र नआउँदा सम्मका लागि पियारी थापालाई नेताका हैसियतले गर्न सक्ने कार्यका लागि आधिकारिक व्यक्ति तोक्ने निर्णय भएकाले साही अनुसारको जानकारी पत्र प्रदेश सभा सचिवालयमा प्राप्त भएको उल्लेख गरेका छन् ।
आइतबारको प्रदेश सभामा बैठकमा दलको नेताका हैसियतामा सांसद थापाले नै भनाइ राखेकी थिइन् । सांसद कृष्ण थापालाई पार्टीले साधारण सदस्यबाटै निलम्बन गरिसकेको छ । तर, उनको सांसद पद भने कायम नै छ ।
















