जरा काटनेहरु

जनक बिसि

यही डाँडामा हामी दाजुभाइ दिदीबहिनी मिलेर
हामीलाई सितल छहारी दिने वृक्ष लगाएका हौं,

तिमी भाईहरु सम्पति चाहियो भनेर कति सिधुरी खेल्यौ
त्यहि सिधुरि खेल्दै खेल्दै बाहिर गई पो हाल्यौ
हो त भनिरहेका छौं नि
हामीलाई खोलापारी खरबारी मुनिको घोक्लिएको
त्यहि ठुलो वृक्ष भए भइहाल्छ ।

गम्भीर भएर बिचार गर त
कति खराब, कति चोरी काम गरिरहेका छौ
जब नैतिकता हराउँछ
यो स्वभाविक हो
तर एउटा कुरामात्र ख्याल राखे
चोरी काम गरिरहन्छौ भने हामी छाडने छैनौं ।

तिमिहरु बिग्रन्छौ “रामराम” जप्नुको विकल्प छैन,
होसियारसँग चल ।
हामीलाई सितल छहारी दिने वृक्षलाई त
हामीले देखिरहेका छौं
अनावश्यक झारपात गोडेर फालेका छौं
वारिपारिबाट तप्केनिमा पार्ने
रुखमा, बुटा रुखहरु निस्कन्छन्
काटेर फालेका छौं
मलजल गरिरहेका छौ
तर
तिमिहरु सिन्धुरी खेलिरहेका छौ ?
चाहिंदैन, चाहिंदैन भनेर
छोडीसके पछि आफुले लगाएको वृक्षको
जरा हाङगाहरु किन काटिरहेका छौ ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार