नागरिकतासम्बन्धी अध्यादेशको सुनुवाइ बिहीबार

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’ मा यही जेठ २७ गतेका लागि राखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ हुदाहुँदै समयमा अभावका कारण बिहीबारलाई राखिएको हो ।

सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ जारी गर्नुभएको थियो । अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ रिट निवेदन परेका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार