रक्तिमको भेला सम्पन्न

दाङ । राष्ट्रिय जनमोर्चा निकट रक्तिम साँस्कृतिक अभियान घोराही उपमहानगर समिति दाङको भेला सम्पन्न भएको छ । यमसरी घर्तीको अध्यक्षतामा भएको भेलामा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार नारायण योगी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल महिला संघ जिल्ला सचिव सारदा थापा लगायतले मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर घर्ती राष्ट्रिय जनमोर्चा जिल्ला सदस्यहरु सुशील पोख्रेल, खडानन्द खनाल, कृष्णा राना, अखिल नेपाल कानुन व्यावसायी संघका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य, अखिल नेपाल ट्रेड युनियन माहासंघ अन्टुकका जिल्ला सचिब तुल्सिराम पन्थी, अखिल नेपाल युबक संघ जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराई, जातिय समता समाजका जिल्ला सदस्य बुद्ध रामजाली, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका जिल्ला कोषाध्यक्ष हरि खरेल, अखिल छैठौंका जिल्ला सचिबालय सदस्य लक्ष्मण विक लगायतको आथित्यता रहेको थियोे ।

भेलाले यमसरी घर्तीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति निर्बाचित गरेको छ । जसको उपाध्यक्ष सारदा आचार्य, सचिव शिव बण्जाडे, कोषाध्यक्ष उदय पुन, सदस्यहरुमा सर्मिला भट्टराई, सुमित रावत, रेग बहादुर घर्ती, सुनिता पाण्डे, हेमन्त पोख्रेल, संध्या खडका लगायत रहेका छ्न । सल्लाहकारमा लक्ष्मण विक, कल्पना घर्ती र झबिन्द्र खनाल रहेकाछन् । कार्यक्रमको सञ्चालन मनिराम खनालले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार