काठमाडौं । अखिल नेपाल महिला संघ केन्द्रीय समितिको आयोजनामा भोली जेष्ठ २५ गते मंगलवार “नागरिकता अध्यादेश र राष्ट्रियताको प्रश्न” विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न हुन गइरहेको छ ।
कार्यक्रमा राजमो अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतित्थ्यता रहनेछ छ । त्यस्तै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र वरिष्ठ अधिवक्ता एकराज भण्डारीले आतित्थ्यता एवं विचार राख्नु हुनेछ ।
अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोकाले अवधारणा प्रस्तुत कार्यक्रम रहेको महिला संघ केन्द्रीय समितिले जनाएको छ । संघका अनुसार कार्यक्रम नेपाली समयानुसार दिउसो ठिक ३ः०० बजेबाट शुरु हुनेछ ।
















