दिनमै रातका कुरा गर्छन्

सुरेशकुमार पाण्डे

वैज्ञानिक युगमा पनि जातका कुरा गर्छन्,
कतै पानी नचल्ने कतै भातका कुरा गर्छन् ।

हामी आश लगाई बस्छौँ नौलो बिहानिको,
तर यहाँ त दिनमा पनि रातका कुरा गर्छन् ।

हामीले सधै बर्गिय मायाँ मै बिश्वास गरेपनि,
लगाम छोपेकाहरु बर्ग घातका कुरा गर्छन् ।

सर्वहारा सुकुमवासिका नारा घन्काउँनेहरु,
यहि देशमा आज धनले मातका कुरा गर्छन् ।

हेर्नुश मित्र जनता मातृत्वको लडाईमा छँदा,
सत्ता टेकाउँन नै बि न्रम बातका कुरा गर्छन ।

सबै गरिब बाहुँन दलित जनजाति एकै नासे,
हौँ झिना मसिना श्रोतमै लातका कुरा गर्छन् ।

बिदेशिलाई देशि भन्दा उ धुरिमा चडिसक्यो,
भाई भाई बिचमै दुईदुई हातका कुरा गर्छन् ।

यो देशभित्र केहुँदैछ बुझ्नै सकेन यार सेतेले,
दुश्मनझैँ शन्तानसँग ब्रजपातका कुरा गर्छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार