ओलीको स्वयच्छाचारी एवं प्रतिगामी कदमका कारण राष्ट्रले धोका खायो : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतित्थ्यतामा अखिल नेपाल महिला संघ केन्द्रीय समितिले अन्लाइन प्रशिक्षण कार्यक्रम सम्पन्न पारेको छ ।

प्रशिक्षण कार्यक्रममा तात्कालिक राजनीतिक अवस्थाको बारेमा प्रकाश पार्दै प्रमुख अतिथि केसीले तात्कालिन ने.क.पा.को आन्तरिक विवाद र ओलीको स्वयच्छाचारी एवं प्रतिगामी कदमका कारण राष्ट्रले धोका खाएको बताउनु भयो ।

“संसद विघटन गर्ने, त्यही मौका पारेर अध्यादेशबाट विभिन्न राष्ट्रघाति विधेयकहरु राष्ट्रपतिबाट जारि गराउने प्रम ओलीको कदमले देशलाई छिट्टै फिजी बनाउने काम भएको छ ।” केसीले भन्नु भयो– “ओलीले भारतीय शासकहरुलाई खुशी पार्नका लागि नै अध्यादेश मार्फत नागरिकता ऐन ल्याएका हुन् ।”

नेपाली जनताको ठूलो वलिदानबाट बनेको संविधानलाई च्यातचुत पार्ने गतिविधि ओलीले आफ्नो स्वच्छाले नभएर भारतको गुप्तचर एजेन्सी र को निर्देशनमा भएको केसीले बताउनु भयो । “ओलीले नेपाली जनताले लामो संघर्ष र वलिदानबाट बनेको संविधन नमान्ने र प्रतिगामी कदम बढाएकोले नै हामीले उसलाई दिएको समर्थन फिर्ता लिएका हौं ।” केसीले थप स्पष्ट पानु भयो ।

“भारतले जम्मु कश्मिर, सिक्किमलाई जसरी आफ्नो देशमा गाभ्यो त्यही प्रकारले नेपाललाई पनि भारतीय संघमा गाभ्ने षडयन्त्र लामो समयदेखि गर्दै आएको छ । त्यसका लागि ओलीले मार्ग प्रसस्त गर्दैछन् ।” अध्यक्ष केसीले भन्नु भयो– “हाम्रा लाखौं युवाहरुलाई विदेश पठाएर भारतबाट नेपाल आएकाहरुलाई नागरिकता प्रदान गरि नेपाल भरिने ?”

अर्का प्रशिक्षक मिना पुनले देशमा सामन्तवादी राज्य व्यवस्था परिवर्तन भई  बुर्जुवा गणतान्त्रिक व्यवस्था आएता पनि महिलाहरु माथिको भेदभाव कायम भएको बताउनु भयो । “अहिले पनि महिला हिंसा कायम छ ।” पुनले बताउनु भयो– “नाता, आफन्तहरुबाट नै बढि महिला हिंसाहरु भइरहेका छन् । यस तर्फ भने सरोकार वालाहरुको ध्यान कमै गएको पाइएको छ ।”

महिलाहरु माथि एको हिंसाको समाधानका लागि सम्पूर्ण महिला अधिकारवादी संघ संस्थाहरु एकजुट हुन पर्ने आवश्यकता रहेको नेतृ पुनले जोड दिनु भयो ।

कार्यक्रममा वापन्थी नेता आनन्त शर्माले पार्टी संगठन बारे प्रशिक्षण दिनुभएको थियो ।

संघकी अध्यक्ष मिना पुनको अध्यक्षता र कोषाध्यक्ष रितु केसीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई महासचिव सकुन्तला रानाले स्वागत गर्नुभएको थियो । जुम प्रविधिबाट भएको उक्त प्रशिक्षण कार्यक्रममा ३१५ जना प्रशिक्षार्थीहरुको सहभागीत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार