नागरिकता राष्ट्रियतासित जोडिन्छ : प्रवक्ता पुरी

अखिल नेपाल महिला सङ्घद्वारा २०७८ जेठ २५ गते आयोजित भर्चुअल अन्तरक्रियामा मन्तव्य राख्दै अर्का अतिथि नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नागरिकता देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतासित जोडिएकाले आफ्नो पार्टीले यसबारे गम्भीर दृष्टिकोण राख्दै आइरहेको बताउनुभयो ।

भारतीय साम्राज्यवादकै कारण नेपाली राज्यसत्ताको चरित्र अर्धऔपनिवेशिक भएको उल्लेख गर्दै उहाँले नागरिकताको सम्बन्धमा पनि भारतीय इन्ट्रेस्टले गम्भीर रूपमा काम गरेको बताउनुभयो ।

‘अमेरिकाजस्तो महाशक्तिले त नागरिकताको बारेमा खुकुलो प्रावधान अपनाउन सक्दैन भने हामीजस्तो विशिष्ट परिस्थिति भएको देश यसबारे कसरी खुकुलो हुन सक्दछौँ रु’ प्रवक्ता पुरीले प्रश्न गर्नुभयो ।

अहिले नागरिकताको सम्बन्धमा भएका विभिन्न कार्यक्रम राष्ट्रियताको रक्षार्थ चलाइएको आन्दोलन नै भएको बताउँदै उहाँले यस खालका अरू पनि कार्यक्रम गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

ओलीले पहिला पार्टी ध्वस्त पारे, अब संविधान ध्वस्त पार्दैछन् : केसी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार