गजल

नेपालको भूभाग लुछिदा मौनछ सरकार
सन्तान मारिदा र कुटिदा मौनछ सरकार
।।
गुहार मागी रहेछन काला पानीका नेपाली
आफ्नै भुमीको माटो छुटिदा, मौनछ सरकार
।।
नसके बिकाश गर्न, न सिमानाको रक्षा गर्न,
देश भित्रको नक्सा फुटिदा, मौनछ सरकार
।।
भाषा र भाषणमा, नेपाल आमा नै बोलीरहे
तर नेपाली मन टूटिदा, मौनछ सरकार
।।
बरु मर्न मार्न तैयार छौ, बीर सपूत हामी
गौरव लीपू लेक लुटिदा, मौनछ सरकार ।

नवीन बस्याल, प्यूठान
हाल जापान

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार