ढोरपाटनका बाढी पिडितहरुलाई १० लाख ९२ राहत प्रदान

विमल पाण्डे/टोकियो, जापान ।

जापानमा रहेका स्थानीय युबाहरु र थापा कोषद्वारा संकलित १० लाख ९२ हजार बराबरको रकम ढोरपाटन ७, ८ र ९ का बाढी पिडितलाई हस्तान्तरण गरिएको छ ।

असोज ९ गते ढोरपाटन ९ को वडा कार्यालयमा एक औपचारिक कार्यक्रम बिच वडा नं. ७ वडा नं.८ र वडा नं.९ साथै वडा सचिवको रोहवरमा उक्त राहत रकम पिडितहरुलाई बुझाइएको हो । कार्यक्रममा बोल्दै वडा नं ७ का वडा अध्यक्ष दिपक थापाले थापा बचत कोष, जापानमा रहेका युवा र दुबईमा रहेका स्थानिय युवाहरुले आफ्नो छाक कटाएर पिडितको घाउमा मलम लगाउन सहयोग गरेको बताउँदै उक्त अन्य संघ सङठनहरुलाई पनि सहयोगका लागि आह्वान गर्नुभयो ।

राहत वडा ७ का अध्यक्ष दिपक थापा र थापा बचत कोषका प्रतिनिधि मकर थापा लगाएतले हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार