मूल प्रवाहका रोपड एरिया अध्यक्ष शेरबहादुर थापालाई विदाई

खिमराज चालिसे,

चंडिगढ । अंग्रेजी नयाँ वर्षको आगमन सँगै मूल प्रवाहका कार्यकर्ताहरु नयाँ उमंग र हौसलाको साथ संगठन निर्माण अभियानमा लागि रहेका छन् ।

यसै सन्दर्भमा मूलप्रवाह अखिल भारत नेपाली एकता समाज हिसार समितिको आयोजनामा प्रशिक्षणात्मक भेला तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

३२ जनालाई नयाँ सदस्यता दिनुको साथै १८ जनाको सदस्यता नविकरण गरि संगठनको विस्तार अभियानको सुरु गरिएको नगर सचिव तारा सोमारेले बताउनु भएको छ ।

मूल प्रवाहको इतिहास, नेपालको वर्तमान अवस्था र मूल प्रवाहको आवश्यक्ता लगाएतका विषयमा नगर अध्यक्ष नन्दबहादुर लम्तरी, जनजाती नगर संयोजक केहरसिंह घर्तीमगर, रामु शर्मा, श्यामबहादुर विक लगाएत नेताहरुले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सीता शर्माले कविता प्रस्तुत गर्नु भएको थियो।

नगर सचिव तारा सोमरेको सञ्चालनमा तथा निरु सारुको अध्यक्षतामा प्रशिक्षण तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार