मूल प्रवाहद्वारा धमाधम राहत वितरण

रोहतक । विश्वस्तरमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड १९)ले यतिवेला मानव जातिलाई रोगको साथसाथै भोकसँग पनि निकै गम्भिरतापूर्व संघर्ष गर्नु पर्ने वाध्यात्मक परिस्थिति उत्पन्न गराएको छ ।
समाजमा विद्यमान गरिखाने र बसी खाने दुबई वर्गलाई यो महामारीले प्रताडित तुल्याएको छ । तर खासमा बसी खाने वर्गभन्दा गरि खाने वर्गलाई यो महामारी फलामको चिउरा नै सावित भइरहेको छ । रोगले त भेटाउला नभेटाउला तर भोकले भने गरि खाने वर्गलाई पक्कै पनि सताइरहेको छ । ठाउँ ठाउँमा उनीहरुको गरि खाने माध्यमहरु कल कारखाना, होटेल, निर्माण कार्यहरु यी सबै बन्द भएका छन् । जसले गर्दा श्रमिक वर्गको रोजीरोटी खोसिएको अवस्था छ ।
खासगरि देशमा रोजगारीको अभावका कारण भारत प्रवासमा पुगेका नेपाली श्रमिकहरुको अवस्था दिनानु दिन भयावह बन्दै गइरहेको छ । असंगठित क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरु भारत सरकारद्वारा जारी गरिएका सुविधाहरुबाट बन्चित हुनुका कारण उनीहरु भोकभोकै मर्नु पर्ने अवस्था श्रृजना भएको छ ।
यसै बीच भारत स्थित नेपालीहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आप्mनै पहल, प्रशासन, स्थानीय समाजसेवी संघ संस्थाहरु, समाज सेवीहरु लगायतको सहयोगमा भारतका विभिन्न स्थानहरुमा श्रमजिवी नेपालीलाई सामान्य रुपमा भए पनि राहत प्रदान गर्दै आइरहेको छ ।
यसै बीच समाजको रोहतक नगर समितिले तेश्रो पटक राहत वितरण गरेको छ । नगर समितिका कार्यकर्ताहरु मोहनसिंह विक, सुभाष गैताम, उषा विक, खेम बहादुर, गणेश शर्मा, विक्कि आदिको स्वपहलमा सो राहत वितरण गरिएको हो । सो वितरणबाट करिब १६ जना नेपाली श्रमिकहरुले राहत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार