भगौडाहरु किन भागे ?

#पर्शुराम लामिछाने

भागेर जाने “प्रायोजित क्रान्तिकारी” स्वघोषित उत्तरपन्थी भगौडालाई निम्न बुँदामा भन्दा धेरै के भन्नु र ?

-आठौँ महाधिवेशनमा जाने तर नेतृत्व हत्याउने प्रयास पूणर्तः असफल भएपछि महाधिवेशनबाट भागे ।

-महाधिवेशनमा बहुमत मात्र होइन, अत्यधिक बहुमतले गरेका निणर्य र चुनेका प्रतिनिधि नमानेर भागे ।

– निर्दिष्ट अनुशासन मान्न नसकेर भागे ।

– गुटबन्दी गर्दै समानान्तर समिति वा पार्टीभित्र पार्टी बनाउँदै पार्टी-सङ्गठनलाई दिग्भ्रमित पार्दै ध्वस्त गर्ने दुष्प्रयास गरे असफल भएपछि भागे ।

– दिइएको जिम्मेवारी कहिल्यै पूरा गर्न नसकेर लाजले भागे ।

– सुख, सुविधा, स्वार्थ र अवसर मात्र खोजे, नपाएर भागे ।

– हीनताबोध र कमजोर मानसिकताका कारण पार्टीका गोप्य दस्तावेज सार्वजनिक गरे, पछुतो, लाजसरम र डरले भागे ।

– देशीविदेशी दुश्मन प्रतिकृयावादीले लगाउन नसकेको आरोपसहित नेतृत्व पङ्क्तिको चरित्रहत्या प्रयास गरेर र आफैँ लज्जित भएर भागे ।

– अनुशासित र इमानदार कामरेडहरूको पिठ्युँपछाडि कुरा काट्दै उनीहरूलाई निरुत्साहित गर्न दुष्प्रयास गरे । सकेनन् अनि भागे ।

– पार्टीको नीति, सिद्धान्त, कार्यक्रम र लाइन विरुद्ध विरोधी दुस्मन प्रतिकृयावादीले भन्दा दस हात उफ्रेर बिरोध गरे र भुइँमा आफैँ पछारिएपछि भागे ।

-पार्टीको सम्पत्ति व्यक्तिको नाममा हड्पे र अझै हडप्ने कोसिस गरे तर सकेनन्, भागे ।

-पार्टीमाथि अनावश्यक लाञ्छना लगाउँदै कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई भ्रमित पार्दै पार्टीप्रतिको आस्थाप्रति वितृष्णा फैलाउने दुष्प्रयास गरे, आफैँ थाके र भागे ।

-नेकपा (मसाल) जति बेला, राष्ट्रघाती एमसीसी सम्झौता, ओली सरकारद्वारा जारी गरिएको राष्ट्रघाती नागरिकतासम्बन्धी अध्यादेशसहित राष्ट्रियताका तमाम मुद्दालगायत भारतीय तथा पश्चिमा साम्राज्यवादीको दलाल ओली सरकारका राष्ट्रघाती नीति, असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी शैलीका विरुद्ध सदनदेखि सडकसम्म विरोध कार्यक्रममा व्यस्त थियो, त्यति बेला जङ्ग बहादुर जस्ता अनेक छद्म नामबाट वा जागरणका नाममा नेतृत्व पङ्क्तिको कपोलकल्पित आरोप, अनर्गल प्रचार गर्दै, आन्दोलनलाई कमजोर पार्न पार्टीबाट प्रायोजित रूपमा पछि हटेर भागे ।

-पार्टी, संगठन र नेतृत्वलाई मजाकमा उडाउँदा आफू हावामा उडे र भागे ।

-चरित्र, कृयाकलाप, व्यवहार, आचरण, गतिविधिले माक्र्सवादी-लेनिनवादी सिद्धान्त र क्रान्तिकारी चिन्तनबाट पतन भए भागे ।

-दलाल पुँजीवादी साम्राज्यवाद, देशीविदेशी प्रतिकृयावादीभन्दा तल्लो स्तरमा झरेर नेकपा (मसाल) को विरोधमा चौबिसै घण्टा व्यस्त रहे तर केही सिप चलेन र भागे, आदि ।

यस्ता प्रायोजित कथित नामधारी क्रान्तिकारी स्वघोषित उत्तरपन्थीलाई पार्टीबाट कानको बुट्टी उखेल्दै नफालेर के पुजेर राख्ने ? तपाई सोच्नु हुन्छ कि सामान्य आन्दोलनबाट भाग्ने यस्ता भगौडाबाट देशमा जनवादी क्रान्ति हुन्छ होला र ? भ्रममा परेका सबैले एकपटक सोच्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार