
विष्णु शर्मा, पाण्डेचेरी
82 साल तीजमा सबको माझ आउदैछौं,
बिकृतीको बिरुद्धमा गीत गाउदैछौं ।
धेरै पैसा कमाएर धनी बन्ने खेलमा,
संस्कृतीलाइ सर्जकले गरे लिलाम ।
लाग्छ तिनका घरमा परिवार छैनन् कि,
उनका नाता सम्बन्ध मानव हैनन् कि ।
बेचेर खाएका छन् लाज र शर्मलाई,
धमिलो पारेका छन् तिजको मर्मलाई ।
बिकृती भित्राए तीजको नाउमा,
छाडा गीत घन्किय शहर गाउमा ।
के सिख्लान बच्चा बच्ची यस्ता गित सुनेर,
बर्षै पिच्छे हिड्नु पर्यो कान थुनेर ।
यस्ता नाच आउदैनन् राम्रो सन्देश बोकेर,
सभ्य मानिस हिड्नुपर्छ आँखा ढोकेर ।
मोबाईल खोल्यो कित तिनै गीत घन्कने,
समाज कता जादैछ भनी छाती चर्कने ।
हाम्रो देशको सरकार बस्छ कान थुनेर,
चिन्ता छैन संस्कृती बिग्र्यो भनेर ।
सरकारले प्रतिष्ठानलाई सचेत पार्नु पर्दछ,
बल्ल त्यसले सर्जकलाई कारबाही गर्दछ ।
यथासिघ्र रोक्नुपर्छ सबै मिली छाडा गीतलाई,
सन्देश मुलक हुनुपर्छ सबको लागि तीज है ।
वातावरण सफा राखौं भनोस हाम्रा गितले,
परिवारलाई एकै ठाउमा ल्याहोस् तीजले ।
सुख दुख पोख्ने चाड सबलाई तीज बनोस् है,
सभ्य समाज सभ्य देशको उद्घोष गरोस है ।
















